देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१ करोड मूल्यको सुनसहित तीन भारतीय नागरिक पक्राउ

देशान्तर

काठमाडौं: करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो । उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए ।