देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुराम भट्टराई र माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

देशान्तर

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन्।

अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी भएको रिटमा उल्लेख छ । सरकारी जग्गा व्यक्तिको बनाउने निर्णय नीतिगत हुन नसक्ने भएकाले उनीहरुमाथि मुद्दा दायर गर्न अन्तरिम आदेशको माग रिटमा गरिएको छ।