देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमित आशंका गरिएका एक टेकु अस्पतालबाट भागे, दुई नेपालीसहित तीन निगरानीमा

देशान्तर

काठमाडौँ– कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका साउदी अरबका एक नागरिक अस्पतालबाटै भागेका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले उनी करिब एक साताअघि चीन हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए।

सामान्य रुघाखोकी लागेपछि एक हप्ताअघि अस्पताल पुगेका उनलाई डाक्टरले आइसोलोसनमा राख्नुपर्ने बताएका थिए। भाषाको समस्या भागेका उनी अस्पतालबाट निस्केपछि फर्केर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ। अहिले उनको खोजी भइरहेको श्रेष्ठले बताए।

यस्तै चीनबाट आएका दुई जना नेपाली र एक जना चिनियाँ नागरिकलाई कोरोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

उनीहरुको रगतको नमुना संकलन गरेर जाँचका लागि पठाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।