बाँके । पश्चिम नेपालबाट नेपाली कांग्रेस मा प्रतिनिधित्व गर्ने थारु नेताले नेपाली कांग्रेसका उपसभापति एवं उपनेता विजयकुमार गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता नलिए सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।
गच्छदारमाथि लगाइएको झुठो मुद्दा खारेज नभए विभिन्न पक्षसँग सहकार्य गरेर चरणवद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रामजनम चौधरीले चेतावनी दिए। उनले पार्टीले आन्दोलनमा जान निर्देशन दिइसकेको जिकिर गर्दै आन्दोलनमा पार्टीको पूर्ण सहयोग रहने दावी गरे।
तर, कांग्रेसले आन्दोलनमा जाने नजाने निर्णय अझैँ गरेको छैन। उनले आन्दोलनका लागि पार्टीका शीर्ष नेतासँग सम्बाद भइरहेको बताए।





प्रतिक्रिया