देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलीको संसद बैठक प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले सरकारको दुई वर्षको उपलब्धिका बारेमा भोलि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लागेको बताए ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको शुक्रबारको कार्यसूचीमा पनि प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने उल्लेख गरेको छ । प्रतिनिधिसभाको बैठक शुक्रबार २ बजे बस्नेछ ।