काठमाडौँ । मानहानिको मुद्दामा फरार रहेका बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं आज जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् ।
आज बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रसाईँ हाजिर भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । सुटुक्क हाजिर भएका प्रसाईँ आजै साधारण तारेखमा रिहा भएको पाण्डेले बताए ।
झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएका थिए ।
प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार भएका थिए ।





प्रतिक्रिया