काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले एउटा पनि नराम्रो काम नगरेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले जति काम गरियो ती सबै राम्रा मात्र गरिएको जिकिर गरे ।
उनले भने, नराम्रा काम एउटा पनि गरेको छैन । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा, नराम्रो देख्न आँखा नराम्रा हुन् । नराम्रो लेख्ने कलमका विषयमा पनि मैले बेलाबेला प्रश्न गर्ने गरेका छौं ।
उनले सरकारको प्रगति सुनाउँदै भने, विधिको शासन बलियो भएको छ, भ्रष्टाचार घटेको दावी गरे । सरकारको प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले अहिले शान्ति सुरक्षाको अवस्था राम्रो भएको, सुखी नेपाली, समृद्धि नेपाली कार्यक्रमको नतिजा देखिन थालेको बताए ।जनताको जीवनस्तरमा सुधार आएको तर त्यो सरकारले सोचे जस्तो नभएको उनले बताए ।
डेमोक्रेसी इन्डेक्समा समेत नेपालको स्थानसुधार आएको भन्दै मन्त्री बास्कोटाले भने, अधिनायकवादको हौवाले हावा खायो । उनले जयनगर विजलपुरा रेल यही वर्ष गुड्ने, पूर्वपश्चिम रेलमार्गको अध्ययन भइसकेको तथा काठमाडौं केरुङ रेलको प्रारम्भीक अध्ययन
भइसकेको, पानी जहाजको कार्यालय खोलिएको बताए । उनले सरकारले २ वर्षमा गरेका कामबारे भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउने बताए ।





प्रतिक्रिया