काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा हाजिर भएर साधारण तारेखमा छुटेलगत्तै उनले आयोगमा निवेदन दिएका हुन् । यसअघि आयोगले निवदेन लिन अस्वीकार गरेको प्रसाईंको दाबी थियो । आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले निवेदन दर्ता भइसकेको बताए ।
तर, प्रसाईंले भने पहिले जुन निवेदन लिन मानिएको थिएन, अहिले त्यही दर्ता भएको दाबी गरे । प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरेर सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको दाबी सार्वजनिक गरेका थिए । लगत्तै गिरीले धम्की र गाली बेइज्यतीको कसुरमा प्रशासनमा उजुरी दिएका थिए ।





प्रतिक्रिया