देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।  सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए।

ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको योगीले जानाकारी दिए।