देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलि बस्नेगरी संसद बैठक स्थगित

देशान्तर

 

काठमाडौं: प्रतिनिभिसभाको शुक्रबार बसेको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्तव पारित गर्दै संसद बैठक स्थगित भएको हो।

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको थियो। शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएपछि ओलीले शनिबार ११ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने भएका छन्।

५० वर्षको उमेरमा उपाध्यायको शुक्रबार निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका(१० स्थित आफ्नै निवासमा निधन भएको थियो।