देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली काँग्रेस रुपन्देहीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने

देशान्तर

बुटवल । नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि नेपाली काँग्रेस रुपन्देहीले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने जनाएको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले रुपन्देही निवासी स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने बताएका हुन् ।

नेपाली काँग्रेस क्षेत्र नं। ५ का क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि समेत रहेका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापति रज्जाकले बताए । २०४६ सालाको जनआन्दोलनदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुई पटक क्षेत्रीय सभपपति भएका थिए ।