देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौं । सडक डिभिजन कार्यालय विराटनगरका तत्कालिन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख पदमा रहँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट बिभिन्न मितिमा ३५ लाख रुपैयाँ घुस लिएर श्रीमतीको खातामा रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीविरुद्ध शुक्रबार मुद्दा दायार गरेको हो ।

अनुसन्धानको क्रममा चौधरीले बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट गैरकानुनी तरिकाले कमिसन लिएर श्रीमतीको खातामा जम्मा गरेको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।