देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीका विषयमा प्रधानमन्त्रीलाई बोल्ने अधिकार छैनः रावल

देशान्तर

काठमाडौँ । सत्तारुढ नेकपा नेता भीम रावलले एमसीसीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल लाई बोल्ने अधिकार नभएको बताएका छन् । आज बसेको कार्यदलको बैठक पछि पत्रकारहरुसंग कुरागर्दै रावलले कार्यदलले काम गरिरहेको अवस्थामा कसैले पनि एमसीसीका विषयमा बोल्न नमिल्ने दावी गरे ।

रावलले संसदमा अनुमोदनका लागि पेश गरिएको एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौताहरु भएको बताए ।

एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलका सदस्य समेत रहनुभएका उनले सो कार्यदलले अहिले ती विषयमा अध्ययन केन्द्रित गरेको बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो कार्यदलको औचित्य नै नभएको मनसायका अभिव्यक्ति दिएकोबारे सोधिएको जिज्ञासाबारे उनले त्यस्तो अभिव्यक्तिले केन्द्रीय कमिटीको सम्मान नहुने बताए ।

केन्द्रीय समितिले सो कार्यदललाई एमसीसीका विषयमा अध्ययन गरी निष्कर्ष र सुझाव दिने जिम्मेवारी दिएको र सोहिअनुसार आफूहरुले काम गरेको उनको भनाई छ । ।