देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महराविरुद्धको मुद्दामा आज फैसला हुँदै

देशान्तर

काठमाडौं । बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज हुने भएको छ। हिजो (आइतबार) नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो। जिल्ला अदालत काठमाडौंमा हिजो दुवै पक्षको बहस सकिइसकेको छ।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।  संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन्।