धरान । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले नेपाली जनताले प्रजातन्त्रको विकल्पमा कम्युनिस्ट पार्टी रोज्दा मुलुकमा सर्वसत्तावाद र अधिनायवाद जन्मिएको आरोप लगाएकाी छन् ।
धरान उपमहानगरपालिकाले बुधबार धरानमा ७०औं प्रजातन्त्र दिवसका अवसरमा गरेको कार्यक्रममा नेतृ संग्रौलाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हुने जिकिर गर्दै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताईन । नेपाली जनताले प्रजातन्त्रको विकल्प कम्युनिस्ट रोज्दा देशमा सर्वसत्तावाद र अधिनायकवाद जन्मिएको सांग्रोलाको भनाई छ ।
उनले नेकपा नेतृत्वको सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएकै कारण जनताले समृद्धि, विकास र सुशासनको अनुभूति गर्नै नपाएको टिप्पणी गर्दै जनतालाई समृद्धि, विकास र सुशासनको अनुभूति दिलाउन कांग्रेस जनतामाझ लोकप्रिय बन्न जरुरी रहेको बताईन ।
संग्रौलाले पार्टी एकजुट भएर धरान उपमहानगरपालिकाको उपनिर्वाचन जित्न सफल भएको उदाहरण पेस गर्दै पार्टीमा एकता नहुँदासम्म कम्युनिस्ट नेतृत्वको सरकारसँग कांग्रेसले लड्न नसक्ने दाबीसमेत गरिन् ।





प्रतिक्रिया