देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रशासकीय अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार आयोगले एक लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस लिइरहेको अवस्थाका आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।

उनले दुई लाख पचास हजार रुपैयाँको कारोबार गर्दा एक लाख नै घुस बापत लिएको अनुसन्धानबाट खुलेकोे प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीका इन्जिनियर दिलिपकुमार साह विरुद्ध दुई लाख ३० हजार घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको वडामा विद्युत् ट्रान्सफर्म जडानको भुक्तानी दिने क्रममा साहले घुस बापत रकम लिएको उजुरी परेपछि अनुसन्धान गरेको थियो।