देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने

देशान्तर

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो ।

कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए । बिहीबारको बैठकमा प्रतिवेदन अगाडी बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ । अन्तिम रुप दिएर बुझाउने प्रकृयामा छाँ । भोलीसम्म प्रकृया पुरा गर्छ होला ।’

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ ।

कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन् । यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए ।