काठमाडौं। साझा पार्टीले सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसन मागेको अडिओ प्रकरणबारे भरपर्दो छानबिनको माग गर्दै प्रदर्शन गरेको छ।
साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेको हो। साझाले अडिओ प्रकरणबारे सत्यतथ्य छानबिन गर्न र सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।
पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार अनुसन्धानका लागि मन्त्रीले राजिनामा दिनु पर्ने र अख्तियारले अनुसन्धान गरी मुद्धा दायर गर्दै भ्रष्टाचारीलाई सजाय हुनु पर्ने मुख्य माग राखिएको हो ।
३ दर्जन जति साझाका प्रदर्शनकारीहरुले प्रधानमन्त्री निवास वालुवाटार नजिकै पुगेर विरोध गरेका हुन





प्रतिक्रिया