देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललिता निवास जग्गाका प्रतिवादीलाई धमाधम म्याद जारी

देशान्तर

काठमाडौँ – ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामा गरेको अभियोग लागेकाहरु विरुद्ध विशेष अदालत काठमाडौँले धामधम म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई विपक्षी बनाइ माघ २२ गते मुद्दा दायरपछि विशेषले उपपस्थित हुन म्याद जारी गरेको हो। म्यादमा १५ दिनभित्र उपस्थित हुन भनिएको छ।

विशेषले विपक्षी बनाइएका भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्यलाई म्याद पठाइ सकेको छ।

त्यस्तै मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखहरु कलाधर देउजा र टीकाराम घिमिरे, शाखा अधिकृत धर्मप्रसाद गौतम, इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, नासु टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई म्याद जारी गरेको हो।

विशेषले म्याद जारी गरेका पूर्व कर्मचारीमध्ये केहीको मृत्युसमेत भइसकेको छ। मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन नासु युक्तप्रसाद श्रेष्ठले आत्म हत्या गरेका छन्। अदालतले रुक्म शमशेर राणाका परिवारका सदस्यहरु हाटक शमशेर जबरा, हेमन शमशेर शैलजा राणा, जबरा, सुनिती राणा, हेमाद्री शमशेर जबरालाई पनि म्याद पठाएको छ।

अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलाई पनि म्याद पठाउने तयारी गरेको छ।