देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्री एयरलाइन्समा टेक्निकल समस्या देखिएपछि नेपालगञ्ज उडान रोकियो

देशान्तर

काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको भन्दै उडान रोकिएको छ। शनिबार बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा ‘टेक्निकल प्रोब्लम’ आएकाले उडान रोकिएको कम्पनीले जनाएको छ। उडानका लागि यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाज चढ्ने ठाउँसम्म तयार भइसकेका थिए। एयरलाइन्सका कर्मचारीले के समस्या भएको हो भन्ने आफूलाई थाहा नभएको बताए । एयरलाइन्सको त्रिभुवन विमानस्थलमा रहेको कर्मचारी साजन सावाले यात्रुहरुलाई अर्को विमानमा पठाउने तयारी भएको बताए।