देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाँदै

देशान्तर

 प्रधानमन्त्री केपी शर्मा ओली आज तेह्रथुम जाँदैछन् । ६९ औं जन्मदिनको अवसरमा आफ्नो जन्मथलोमा आयोजित कार्यक्रममा सहभागी हुन ओली अठराई गाउँपालिका–४ को सल्लेमा जान लागेका हुन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र खानेपानी मन्त्री विना मगर पनि त्यहाँ पुग्ने कार्यक्रम छ । जन्मिएकै स्थानमा पुगेर प्रधानमन्त्रीले जन्मदिन विशष रुपले मनाउने कार्यक्रम तय भएको नेकपा तेह्रथुमले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले जन्मस्थानमा जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको परिवार २०२४ सालमा तेह्रथुमको घरजग्गा बेचेर झापाको दमक झरेको थियो ।