देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेव गौतम राष्ट्रियसभामा !

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक शक्ति संघर्षमा बामदेव गौतमले सवैभन्दा बढी लाभ उठाउँदै आएका छन् । पार्टीभित्र अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सँगै बरिष्ठ नेता माधवकुमार नेपाल बीच शक्ति टकराब हुँदा गौतमले लाभ लिदै आएका हुन् ।

नेकपाभित्र अहिले कस्तो परिस्थिति बनेको छ भने गौतम जता लाग्छन्, उतै निर्णायक हुने अवस्था बनेको छ । ओलीलाई तत्कालीन एमालेको अध्यक्ष बनाउन निर्णायक भूमिकामा देखिएका गौतम पार्टी एकीकरण प्रक्रियामा समेत सक्रिय र विश्वासनीय पात्र देखिए ।

उनकै जोडबलमा एमाले र माओवादी बीच एकीकरण संभव भएको जस गौतमलाई दिइदै आएको छ । त्यस यता ओलीलाई अप्ठ्यारो पार्न गौतम दाहाल र नेपालको गठबन्धनमा पुगेका छन् भने ओलीलाई एक्लौटी निर्णय गर्ने अवस्थामा साथ उनकै मिल्ने गरेको देखिन्छ ।

यही बीच गौतमले संगठन विभाग प्रमुख र उपाध्यक्ष पद प्राप्त गरेका छन् । गौतमलाई उपाध्यक्ष बनाउन नेकपाले विधान नै संशोधन गरेको छ । सचिवालयको प्रस्तावलाई माघ तेस्रो साता सकिएको केन्द्रीय कमिटीले अनुमोदन गरेपछि गौतम उपाध्यक्ष बने ।

त्यस अगाडि नै संगठन विभागको प्रमुख बनिसकेका थिए । ओली, दाहाल र नेपालकै समर्थन मिल्दा गौतम पार्टीभित्र शक्तिशाली देखिदै आएका छन् । यसबीच नेतृत्वलाई नै चुनौती हुनेगरी अभिव्यक्ति समेत दिदै आएका छन् ।

पाँच वर्षे स्थीर सरकार चलाइरहेका प्रधानमन्त्री ओलीकै बिकल्पका रुपमा समेत गौतमले बोलिदिए । अर्का अध्यक्ष दाहालले समेत पाँच वर्ष नै प्रधानमन्त्री चलाउन दिने सहमति गरिसकेका बेला गौतमले निर्धक्क प्रधानमन्त्रीको उम्मेद्वार नबने राष्ट्रियसभामा नजाने समेत बताए । बर्दिया–१ बाट नेपाली काँग्रेसका सञ्जयकुमार गौतमसँग पराजित उपाध्यक्ष गौतमले यसअगाडि उपनिर्वाचन मार्फत संसदमा छिर्न अनेक प्रयत्न गरेका थिए ।

माघ ९ गते सकिएको राष्ट्रियसभा निर्वाचन पार्टीले आग्रह गरेपनि गौतमले निर्वाचन लडेनन् । जित्ने निश्चित भएको निर्वाचनमा उम्मेद्वार नबनेका उपाध्यक्ष गौतम अहिले फेरि राष्ट्रियसभामा जानेबारे छलफल शुरु भएको छ । शुक्रबारको सचिवालय बैठकमा गौतमलाई मनोनित गरेर राष्ट्रियसभामा लैजानेबारे छलफल भएको स्रोतले जनाएको छ ।