देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले सरकारी भ्रष्टाचारबारे भोली सोमबार बृहत छलफल चलाउने

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको छाँया सरकारको मन्त्रीपरिषदको बैठकले सरकारी भ्रष्टाचारका विषयमा सोमबार बृहत छलफल चलाउने निर्णय गरेको छ । काँग्रेसद्वारा सरकारको काम कारबाहीको निगरानी र खबरदारी गर्न बनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय पनि गरेको छ ।

आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।

काँग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

अहिले काँग्रेसले यो विषयमा संसद अवरुद्ध गर्दै आएको छ भने सरकार बाहिर रहेका दलहरुसँग छलफल गरेपछि कसरी अघि बढ्ने भन्नेमा थप निर्णय लिइने छाया मन्त्रिपरिषद् बैठकमा समझदारी जुटेको छ । काँग्रेसले यसबारे भोलि अन्य दलसँग बृहत छलफल गर्ने तय गरेको छ ।