काठमाडौ । पोखराको फेवातालमा डुङ्गा डुब्दा १ जना बेपत्ता भएका छन्। दिउँसो साढे १ बजेतिर डुङ्गा लिएर निस्किएको ३ जनाको टोली बीच भागमा पुगेपछि डुङ्गासहित डुबेका हुन्।
काठमाडौंबाट पोखरा घुम्न गएका ४ जनामध्ये ३ जना डुङ्गा सयरमा निस्किएका थिए। ३ जनामध्ये २ जनाको सकुशल उद्धार गरिएको छ भने १ जना अझै बेपत्ता छन्।
डुङ्गा डुब्दा काठमांडौं(१० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुईटेल बेपत्ता भएको प्रहरीले जनाएको छ। कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको सकुशल उद्धार गरिएको बैदाम प्रहरीका डिएसपी यादव ढकालले जानकारी दिए।
‘उनीहरू आफैंले डुङ्गा लगेका रहेछन्। लाइफ ज्याकेट पनि नलगाएको भन्ने बुझियो,’ ढकालले भने। बेपत्ताको खोजी भइरहेको छ।





प्रतिक्रिया