देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बहराइन , कुवेत, र अफगानिस्तानमा पनि कोरोनाभाइरस

देशान्तर

काठमाडौ । बहराइन अफगानिस्तान, र कुवेतमा पनि कोरोनाभाइरस संक्रमित बिरामी भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यी तिनै देशमा पहिलोपटक संक्रमित भेटिएका हुन् ।

एएफपीले अफगानिस्तानमा कोरोना भाइरसको पहिलोपटक संक्रमण पुष्टी भएको जनाएको छ । कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको रोयटर्सले लेखेको छ । यी तीनै नेपाली कामदारहरु कार्यरत रहेको देश हुन् ।

अफगानिस्तानमा सुरक्षाका लागि जाने कामदार थोरै संख्यामा भएपनि बहराइन र कुवेतमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् ।इरानमा कोरोनाकै कारण सोमबारसम्म १२ जनाको मृत्यु भइसकेको इरानी समाचार एजेन्सी आईएसएनले जनाएको छ । ४४ हजार नेपालीहरु रहेको दक्षिण कोरियामा पनि कोरोना तीव्र गतिमा फैलिएको छ । थुप्रै नेपाली विद्यार्थी र कामदार रहेको जापानमा पनि कोरोना भित्रिएपछि त्रासको अवस्था छ ।

चीनमा अझै यसको महामारी नियन्त्रणमा आइसेकको छैन । इटालीमा पनि कोरोना संक्रमणको दर तीव्र भएपछि उच्च सतर्कता अपनाइएको छ ।