देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मङ्गलबार पनि चट्याङसहित पानी पर्ने सम्भावना

देशान्तर

काठमाण्डाै । मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उनको अनुमान छ । बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलले जानकारी दिए ।