देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गल्ती गर्नेलाई कार्वाही गर्दा पद र पार्टी हेर्नु हदैन : नेकपा नेता भीम रावल

देशान्तर

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम बहादुर रावलले भ्रष्टाचार अन्त्यको लागि सरकार निर्मम हुनुपर्ने धारणा राखेका छन् । उनले गल्ती गर्नेलाई कार्वाही गर्दा पद र पार्टी हेर्न नहुने स्पष्ट पारेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रावलले यस्तो धारणा राखेका हुन् ।

उनले भने,‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन, दोषीलाई नेपालको कानुनबमोजिम कारबाही गर्नुपर्छ।’ कार्बाही गर्दा कुनै व्यक्तिलाई अदालतले निर्दोष ठहर गरेपछि उसलाई दोषी भन्‍न नहुने बताए। त्यस्तै रावलले राष्ट्रिय स्वाधिनता, अखण्डतालाई विषयमा ध्यान दिनुपर्नेमा जोड दिए।

त्यस्तै, उनले कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकाले सरकारले तदारुकता देखाउनुपर्ने सुझाव दिए । उनल भने,‘चीनमा रहेको थेरै व्यक्तिलाई ल्याउँनसमेत सरकारलाई समस्या परेको थियो, कोरियामा नेपालीहरूको धेरै संख्या ठूलो छ। त्यसबाट दुर्घटना हुनसक्छ। त्यस विषयमा बेलैमा सरकारले तदारुकता लिन आवश्यक हुन्छ।’