देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीलाई काङ्ग्रेसको सुझाव– ‘भ्रष्टाचारीलाई कारबाही गर्न भेदभाव नगर्नुस्

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विनाभेदभाव भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा संसदलाई आश्वस्त तुल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकारले गरेको वाचा र कार्यशैलीमा भिन्नता देखिएको भन्दै भ्रष्टाचार गर्दिनँ र हुनदिन्नँ भन्नेमा प्रधामन्त्रीले संसदलाई आश्वस्त तुल्याउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने, संविधान र लोकतन्त्रलाई खतरा पुग्ने काम नगर्नेमा संसदलाई आश्वस्त गराउने विश्वासका साथ संसद सुचारु गराउन प्रतिपक्षी दल तयार रहेको पनि उल्लेख गरे ।

उनले भने, काँधमा सवारले पो तुर्काएको रहेछ प्रधानमन्त्री तर तपाईंले होइन । तर सर्वांग गन्हाउँदै छ प्रधानमन्त्री । त्यसैले संसदमा आउनुहोस् । आश्वस्त तुल्याउनुहोस् भ्रष्टाचार अब गर्न दिन्नँ भनेर । संसदमा आउनुहोस् । आश्वस्त तुल्याउनुहोस्, संविधान र लोकतन्त्र कसैले मिच्न सक्तैन भनेर ।

कांग्रेसले सेक्युरिटी प्रेस कमिसन प्रकरणका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी भ्रष्टाचारको अभियोगमा कारबाही अघि चलाउन माग गर्दै फागुन ८ गतेको संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले संसदमा आएर मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको भनिएको सामग्री र बाँस्कोटालाई कारबाही गर्ने प्रतिबद्धता गर्नुपर्ने माग गरेको थियो ।

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्दै गदाँ मन्त्रालयभित्रैको भ्रष्टाचारले सीमा नाघेको र लाजमर्दो स्थिति सिर्जना भएको टिप्पणी गरे । आर्थिक अनियमिता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि नबढाउन सरकारलाई निर्देशन दिनु ‘लाजमर्दो’ कुरा भएको उनको टिप्पणी थियो ।