सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई बैठकको मुख्य एजेण्डा बनाइएको छ ।
यी विषय टुंगो लगाउन नेकपा नेतृत्व गम्भीर नभएको आरोप लागिरहेका बेला सचिवालय बैठक बस्न लागेको हो। सचिवालयका एक सदस्यका अनुसार आज ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आफ्नो धारणा राख्नेछन् ।
यसअघि शनिबार बसेको बैठकमा यी विषयमा छलफल भएपनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन । त्यसको अघिल्लो दिन शुक्रबार एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर तयार गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन मस्यौदा बुझाएको थियो । त्यसबारे कम्तिमा ३ दिन अध्ययन गरेर आफूहरु निष्कर्षमा पुग्ने ओली र दाहालले कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई बताएका थिए ।





प्रतिक्रिया