देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नीतिगत र विधिसम्मत् ढंगले मातातीर्थको जग्गा मोहीलाई वितरण बाबुराम भट्टराई

देशान्तर

काठमाडौं, । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफूले नीतिगत र विधिसम्मत् ढंगले मातातीर्थको जग्गा मोहीलाई वितरण गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक र कानुनीरुपमै निर्णय गरेर जग्गा वितरण गरिएको दाबी गरेका हुन् ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण र मातातीर्थको जग्गा प्रकरण एउटै नभएको भट्टराईको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ३ गते संसदमा सम्बोधन गर्नेक्रममा माथातीर्थ जग्गा प्रकरणबारे छानबिन गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै डा। भट्टराईले राजनीतिक प्रतिशोध साँध्नका लागि लोकमान प्रवृत्ति देखाएर तर्साउन खोजे प्रत्यूत्पादक हुने चेतावनी दिए ।