देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह

देशान्तर

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले महासंघलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरूले शंकास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका थिए । महासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने गतिविधिको निन्दासमेत गरेको छ ।