काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले सरकारले सम्बन्धितहरुलाई लुकाएर आफुलाई देखाएको भन्दै आफ्नो सम्लग्नता नभएको बताएका हुन् ।
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा नाम परेको भन्दै देउवाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका छन् । उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिने प्रचारप्रति आपत्ति जनाए ।
देउवाले विज्ञप्तीमा भनेका छन् म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिताबेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।
दउवाले ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रूपमा परिभागरेका छन् । ।





प्रतिक्रिया