देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक आज बस्दै, सातवटा विधेयक पेस हुने

देशान्तर

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस्’ प्रस्ताव गर्ने कार्यसूची छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संशोधित सैनिक विधेयक विचारका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार अर्थ एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधयक, धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक विचारका लागि पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिको प्रतिवेदन सहितको नागरिक लगानी कोषको संशोधित विधेयक पारितका लागि प्रस्ताव गर्ने छन्। आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल इन्जिनियरिङ परिषद्को संशोधित विधेक दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने छन् ।