देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

देशान्तर

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा अर्का एक जना घाइते भएका छन् । बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मोटरसाइकल ठोक्किँदा घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।