देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईश्वर पोखरेलले सार्बजनिक गरेको श्वेतपत्रमा जनार्दनको गम्भिर आपत्ति

देशान्तर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन् । बिहीबार संसदमा समय लिएर बोल्दै उनले आपत्ति जनाएका हुन् ।

उनले उक्त श्वेतपत्रमा लेख्नुपर्ने नाम नलेखेको तर नलेख्नुपर्ने नाम लेखेर मिडियाबाजी गराएको भन्दै आपत्ति जनाएका थिए । तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए ।श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो ।

तर आफू असोज ३० गते नै गृहमन्त्रीबाट हटेर विना विभागीय भएको भन्दै शर्माले प्रश्न गरे, ‘मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्नुको कारण के हो ?’