देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुर्घटनामा गंभिर घाईते भएका माले महासचिव मैनालीेलाई काठमाडौं ल्याउने तयारी

देशान्तर

नेकपा (माले) महासचिव सीपी मैनाली सवारी दुर्घटनामा गंभिर घाईते भएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ रातुको पुलमा भएको दुर्घटनामा मैनालीको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

मैनालीको अहिले बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए । कारमा सवार मैनालीका छोराबुहारी, नाति र चालक पनि घाईते भएको प्रहरीले जनाएको छ ।

बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोकिएर दुर्घटना भएको हो ।