देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बास्कोटमाथि मुद्दा लागेको छैन, प्रमाणित भए जसरी प्रचार गरियो : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।

आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने,आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए ।भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ । यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताए ।