देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनबाट सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड

देशान्तर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। शुक्रबार बिहान खुमलटारको बैठकबाटै चितवन गएका उनी करिब २ बजे हेलिकप्टरमा सुकुटे पुगेका हुन्। शनिबार हुने सुकुटे महोत्सव उदघाटन गर्न शुक्रबार दिउँसै प्रचण्ड सुकुटे गएका हुन्।

प्रचण्ड आरामका लागि यसअघि पनि सुकुटे पटक पटक जाने गरेका थिए। प्रचण्ड यसअघि पनि महत्वपूर्ण निर्णय लिनुअघि सिन्धुपाल्चोकको सुकुटे जाने गरेका थिए। केही दिनअघिदेखि नेकपाभित्र विवाद बढेको छ। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालयले निर्णय गरेको थियो।
तर प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली गौतमलाई राष्ट्रियसभामा लैजान नहुने बताउँदै आएका छन्। तर गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको रहेको प्रचण्डले बताउँदै आएका छन्।