देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘अडियोमाथि छानबिनकाे माग गर्दै बाँस्कोटा अदालत पुगे

देशान्तर

सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमाथि छानबिन हुनुपर्ने माग गर्दै बाँस्कोटा शुक्रवार दिउँसो अदालत पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा न्याय खोज्दै जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

बाँस्कोटाले भने, ‘न्यायका लागि अदालत पुगेको छु । मविरुद्ध लाञ्छना लगाउनेहरूविरुद्ध मुद्दा दायर गरेको छु ।’ बाँस्कोटाले अडियोमा बोल्ने अर्को पक्ष विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।

प्रेस खरिदका क्रममा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।