देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खरिपाटी क्वोरेण्टाइनमा राखिएकाबाट स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन

देशान्तर

काठमाण्डौ । भक्तपुरकाे खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएकाे चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे जाँच गर्न उनीहरुबाट र्‍याल र घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्किलत नमुनाकाे परीक्षण गरिने छ । यसकाे रिपोर्ट आउन झण्डै तीन दिन लाग्ने र रिपोर्टमा कोरोना नभएको पाइए क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई आउँदो बुधबारसम्ममा परिवारको जिम्मा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।