देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागलुङमा करेन्ट लागेर एक बालकको मृत्यु

देशान्तर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ खहरेमा करेन्ट लागे एक बालकाको मृत्यु भएको छ ।विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर घाइते भएका १६ बर्षीय स्वदेश थापा मृत्यु भएको छ ।

करेन्ट लागे घाईते थापालाई उपचारको लागि धौलागिरी अञ्चल बागलुङ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हबल्दार प्रेम खड्काले जानकारी दिए । थापा घाँस काट्नको लागि बागलुङ नगरपालिका–८ सिगाना गएको बेला करेन्ट लागेको थियो ।