काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सहमत भएका छन् ।
गत बुधबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम नै प्रधानमन्त्री ओली फागुन २० पछि रिक्त हुने एक राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्न तयार भएका हुन् । आइतबार बस्नै मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्ने वालुवाटार स्रोतले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सो पदमा हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा छन् । खतिवडाको २ बर्षे कार्यकाल फागुन २० गते सकिँदैछ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडा हाल सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ताको समेत जिम्मेवारीमा छन् ।





प्रतिक्रिया