देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज दिउँसो एक बजे संसद बैठक बस्दै, विभिन्न विधेयक प्रस्तुत गरिने

देशान्तर

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकका लागि संसदसचिवालयले सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

गृह मन्त्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।