देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति पदमा उम्मेदवारी दिने कांग्रेस कृष्ण सिटौलाको घोषणा

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृह नगरबाटै पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रेस युनियन झापाले सोमबार भद्रपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले उक्त घोषणा गरेका हुन्।
नेपाली कांग्रेसको २०७७ फागुनमा हुने १४ औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने बताउँदै नेता सिटौलाले भने, पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेदवारी आवश्यक छ। मुलुकको शान्ति प्रक्रिया देखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको छ,’ उनले भने, त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको छु।

वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवा जी र रामचन्द्र पौडेल जी बिचको भागबन्डा र गुटबन्दी आवश्यक नभएको तर्क राख्दै उनले भने, ‘पार्टीको एकताका लागि सबै एकजुट भएर अघि बढ्नु पर्छ। उनले भने, ‘सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने समयमा पार्टीभित्रको गुटबन्दी र आन्तरिक झै झगडाले अलमली रहेको छ।

पार्टीका भातृ संस्था तरुण दल र नेविसंघको अधिवेशन पार्टीको महाधिवेशन अगावै गर्न नसकिए पनि प्रेस युनियनको अधिवेशन जुनसुकै परिस्थितिमा गर्नुपर्छ। त्यो अधिवेशन तोकिएकै समयमा सम्पन्न हुनुपर्छ’ उनले भने।  बहुमतको कम्युनिस्ट सरकारले नेपालको संविधानको अपव्याख्या गरेर जनतामा भ्रम छर्न खोजेको बताए।