काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहान सवा १० बजे सुरु भएको प्रत्यारोपणको शल्यक्रिया झन्डै पाँच घन्टा लागेको थियो ।
प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले काम गर्न थालिसकेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। अरुण सायमीकाअनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर परीक्षण गर्दा युरिन सपोर्टु गरेको छ ।
प्रा। डा। प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोली प्रधानमन्त्रीको उपचारमा संलग्न थियो । भारतको एपोलो अस्पतालका डा। अनन्त कुमारसमेत टोलीमा संलग्न थिए ।
भान्जी नाता पर्ने ३१ वर्षीया समीक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार अस्पताल भर्ना भएका थिए । सामान्य अवस्था रहेमा उनी एक साताभित्र अस्पतालबाट ‘डिस्चार्ज’ हुने जनाइएको छ ।
यसअघि, प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।





प्रतिक्रिया