देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतको कदमबारे छलफल गर्न औषधी व्यवस्था विभागको आपतकालीन बैठक

देशान्तर

काठमाडौं । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसले पार्ने प्रभावका विषयमा छलफल गर्न औषधी व्यवस्था विभागको आपतकालीन बैठक सुरु भएको छ।

भारतको कदमले नेपालमा पार्ने असर र अवस्था लगायतका विषयमा छलफल गर्न बैठक गरिएको विभागका सूचना अधिकारी ईश्वर केसीले जानकारी दिए ।

‘भारतीय निर्णय हामीले थाहा पायौं, योसहित वर्तमान परिस्थितिका विभिन्न विषयमा छलफल गर्न बैठक सुरु भएको छ’ सूचना अधिकारी केसीले भने ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयको विदेश व्यापार महानिर्देशनालयले मंगलबार २६ प्रकारका औषधी र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

तोकिएका मध्ये पनि निर्यात गर्नैपर्ने अति आवश्यक औषधीका विषयमा भने सरकारसंग पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।