देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्थमन्त्री खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

देशान्तर

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा। युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। खतिवडाले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।