देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनकाे राजदूतमा लिलामणीलाई हटाएर पाण्डे सिफारिस

देशान्तर

काठमाडौं, २२ फागुन । सरकारले चीनका राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा परराष्ट्र मन्त्रालयले पौडेललाई फिर्ता बोलाएर उनको ठाउँमा महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने उल्लेख गरिएको छ ।

२०७३ कात्तिक १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन र दीपकुमार उपाध्यायलाई भारतको राजदूत नियुक्त गरेकी थिइन् । तर २०७४ सालको निर्वाचनका बेला भारतका राजदूत उपाध्यायले राजीनामा दिएर कपिलवस्तुको उम्मेदवार भएका थिए ।

पौडेलले भने राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए । संविधान जारी भएलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले एमाले नेता एवम्ं पूर्व परराष्ट्रमन्त्री पाण्डेलाई चीनका लागि राजदूत नियुक्तीको सिफारिस गरेको थियो ।

त्यसबीचमा सरकार परिवर्तन भएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले उनी लगायत राजनीतिक कोटामा नियुक्त १४ जनाको राजदूत नियुक्ति रिफारिस रद्द गरेको थियो । जसका कारण पाण्डेको नियुक्तिको प्रकृया अघि बढेको थिएन ।