देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शान्तले जन्मदिन मनाउन छुट्याएको ५१ हजार रंगशाला निर्माणमा सहयोग

देशान्तर

काठमाडौं । जन्मदिनको अवसरमा पारेर दोलखाका एक सफल व्यवसायी शान्तकुमार जिरेलले दुर्मुस–सुन्तली फाउण्डेशनलाई नगद ५१ हजार एक सय ५० रुपैँया सहयोग गरेका छन् । चितवनमा निर्माणधिन अवस्थामा रहेको नेपालकै एकमात्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगार्थ दोलखा चरिकाट निवासी जिरेलले राजधानीमा एक कार्यक्रमका बीच विहिबार हस्तान्तरण गरेका हुन् ।

रकम हतान्तरण कार्यक्रममा संवोधन गर्दै फाण्डेशनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ले सारा नेपालीको सपना साकार पार्न विभिन्न आरोह अवरोहकाबीच आफु लागिरहेको बताए । जिरेललाई जन्मदिनको शुभकामना दिदै उनले अवको तीन महिना भित्र रंगशाला निर्माणको काम सम्पन्न हुने बताए । सारा नेपालीले रंगशाला निर्माणका लागि देशविदेशबाट सहयोग गरिरहेकाले ग्राउण्ड लेबलको काम ७० प्रतिशत सम्पन्न भइसकेको ‘धुर्मुस’ले जानकारी दिए ।