देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलित विद्यार्थीलाई कोठा छाड्न निर्देशन दिने घरधनीविरुद्ध प्रहरीमा उजुरी

देशान्तर

काठमाडौं । दलित समुदायको भन्दै कोठा छाड्न निर्देशन दिने घरधनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

तारकेश्वर नगरपालिका–१० मा श्रीकृष्ण विडारीको घरमा बस्ने बस्ने दीपा नेपालीले घरधनी श्रीकृष्ण, उनकी पत्नी राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी पत्नी सन्तोषीविरुद्ध जाहेरी दिएकी हुन् । घरधनी विडारी सरकारी कर्मचारी हुन् । घरधनीले कोठा छाड्न ३५ दिने सूचना नै टाँस गरेको दीपाले बताइन् ।

उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही गर्न माग गरिएको छ ।

कैलालीकी दीपा १३ मंसिरदेखि भाइ र बहिनीका साथ विडारीको घरमा बस्दै आएकी छन् ।